जापानको टोकियोमा गुन्जियो ‘रातो र चन्द्रसूर्य’
काठमाडौँ । चर्चित लोक रक ब्याण्ड नेपथ्यले जापानको राजधानी टोकियोमा सांगीतिक कन्सर्ट गरेको छ । मंगलबार बेलुकी तोयोसु पिट हलमा ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’ बाट प्रस्तुति सुरु गरेको नेपथ्यको प्रस्तुति हेर्न तीन हजारभन्दा बढी दर्शक उपस्थित थिए ।
त्यसको लगत्तै गायक अमृत गुरुङले ‘कोशी पानी’ गाउन सुरु गरे । त्यसपछि ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ गाउन्जेल माहोलमा पूर्णतया कब्जा जमायो । प्रस्तुतिका बीच अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे । ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्मका अनेक यादहरु छन् ।’
त्यसपछि उनले ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गीत सुनाउँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्वीर देखाइएको थियो ।
कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितिसँगै केही जापानी अनुहार पनि देखिन्थे । स्थानीय समयअनुसार बेलुकीको ठीक साढे ६ बजे सुरु भएको कन्सर्ट १६ वटा गीत र दुईवटा म्युजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो । सधैं झैं अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’सम्म आइपुग्दा हलभरि दर्शकहरु नृत्य गरिरहेका देखिन्थे ।
टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ । १२ अगस्टमा त्यहाँस्थित ‘फुकुओका सिभिल हल’ मा नेपथ्य गुञ्जिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण