मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र हटपिज रेस्ट्रो तथा रेगल हेटौँडाबीच छुट सम्झौता

बिहीबार, २५ साउन २०८०, १३ : ०५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित हटपिज रेस्ट्रो तथा हेटौँडाको रेगल हेटौडा रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र  मोबाइल  बैंकिङ्ग ग्राहकहरूले  हटपिज रेस्ट्रोमा १०% र रेगल हेटौडा रिसोर्टमा १५% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप