अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्याए : नेपाल टेलिकम

काठमाडौँ । विगत केही समय यता आफ्ना पूर्वाधारहरूमा क्षति पुर्याउने कार्य निरन्तर रूपमा जारी रहेको नेपाल टेलिकमले जनाएको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको कम्पनीले जनाएको हो ।
प्रवक्ता शोभन अधिकारीका अनुसार टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेको थियो । केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्याइएको थियो ।
‘सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो,’ अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्याउने सहमति भएको छ ।’
भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने चेतावनी टेलिकमले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने