‘जय हो’ को गीतमा केकी फकाउँदै सलोन
काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म हो ‘जय हो’ । निर्माण युनिटले फिल्मको तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ सार्वजनिक भएको छ ।
गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोनलाई फिचर्ड गरिएको छ । गीतमा शब्द, संगीत तथा स्वर अभिनेता बस्नेतकै रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन (सरकार) र राज केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगरको अभिनय छ ।
सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स रहेको फिल्म भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आलेमगरको संगीत छ ।
फिल्म सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण