नेपथ्यको जापान यात्रा : ओशाकामा अन्तिम प्रस्तुति
ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोक रक ब्यान्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई सहरहरू टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतिलाई भव्य दर्शक उपस्थितिले साथ दिएको थियो ।
‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरूको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकालीले भने, ‘१७ सय दर्शकहरू एकै पटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठुलो नेपाली भेला बन्न पुग्यो ।’
ओशाकाको ‘नाम्बा ह्याच सभागृह’का ढोकाहरू बेलुकी ठिक साँढे पाँच बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिति सुरु भइसकेको थियो । त्यसको ठ्याक्कै एक घण्टामा शो सुरु भयो । गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोसीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो ।
कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरी नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए ।
‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे । एक वर्ष यता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ति खाना र बसोबासमा समर्पित मानव सेवा आश्रमसँग सहकार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण