‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा खुसी कार्कीले जितिन् १ करोड

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा कार्की विजेता बनेकी हुन् ।
विजेता बनेसँगै कार्कीले नगद १ करोड पुरस्कार जितेकी छन् । प्रतियोगितामा बेल्जियमका देवी गर्बुजामगर नेतृत्वको टिम फस्ट रनरअप भएको छ । सो टिमले नगद ३० लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको टिम सेकेन्ड रनर अप भएको छ । सो टिमले नगद २० लाख हात पारेको छ ।
गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् । फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । मगरले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको छ ।
विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरुकाे उपस्थिति रहेको थियो ।
संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालमा बढे झाडापखाला र सर्पदंशका बिरामी
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे
-
लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई