गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ सार्वजनिक
आइतबार, ०३ भदौ २०८०, १२ : १७
काठमाडौँ । गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ ।
गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।
'नेपाल तारा'बाट चर्चामा आएका गायक सेवान नेपाली सङ्गीत क्षेत्रका प्रतिभावान् गायकका रूपमा परिचित हुन्। सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विभिन्न साङ्गीतिक कार्यक्रम सँगै केही गीतहरूको सिर्जनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो। यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाङ्कन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण