गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ सार्वजनिक
आइतबार, ०३ भदौ २०८०, १२ : १७
काठमाडौँ । गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ ।
गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।
'नेपाल तारा'बाट चर्चामा आएका गायक सेवान नेपाली सङ्गीत क्षेत्रका प्रतिभावान् गायकका रूपमा परिचित हुन्। सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विभिन्न साङ्गीतिक कार्यक्रम सँगै केही गीतहरूको सिर्जनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो। यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाङ्कन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?