प्रताप दास र वैकुण्ठको चोखो मायामा यसराज र सत्या
शुक्रबार, ०८ भदौ २०८०, ०८ : ०३
काठमाडौँ । गीतकार वैकुण्ठ प्रसाद उपाध्यायको नयाँ गीत ‘मैले दिएको चोखो माया’ को भिडियो बजारमा आएको छ । गायक प्रताप दासको स्वर रहेको गीतमा कुमार थापामगरको सङ्गीत तथा सङ्गीत संयोजन छ ।
आधुनिक शैलीमा तयार यो गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेता यसराज गराच, मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र वैकुण्ठ प्रसाद उपाध्याय अभिनय छ ।
भिडियो सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।
नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन छ । भिडियोलाई वैकुण्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण