पश्चिम दैलेखमा बँदेल आतंक : संसदमा रोकथामको माग
सुर्खेत । पश्चिम दैलेखमा बँदेलले बालीमा क्षति पुर्याएको भन्दै संसदमा आवाज उठेको छ । पश्चिमका ठाटीकाँध गाउँपालिका तथा आठबिस नगरपालिकामा बँदेलको आतंकले किसानले लगाएको बर्खेबाली ठुलो मात्रामा क्षति भएको छ ।
मकै र धान खेतीमा बँदेलले क्षति गर्ने हुँदा स्थानीय पाल टाँगेर बारीमै जाग्राम बस्नुपर्ने बाध्यता छ । शुक्रबारको प्रदेश सभा बैठकमा उक्त क्षेत्रकी सांसद गमता विकले बँदेल आतंक रोक्न सरकारसँग माग गरिन् ।
सांसद विकले किसानलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउनुपर्ने र बँदेल आतंक रोक्न पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।
खास गरी, आठबिस नगरपालिका–१ चिनेजिउला, ठाटीकाँध गाउँपालिकाको जिउनी लगायतका ठुला धाने खेतहरुमा २०७८ सालयता बँदेलकै कारण धेरैले रोपाइँ गर्नसमेत छाडिसकेका छन् ।
साथै, हाल मकैमा बारीमा समेत ठुलो मात्रामा क्षति गर्ने गरेको छ । किसानहरु मकै बारीको छेवैमा पाल हालेर कुर्नुपर्ने र त्यसो गर्दा पनि खेती बचाउन नसकिएको भन्दै विकले सरकारको ध्यानाकर्षण गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण