न्यायपरिषद् बैठक
उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस
आइतबार, १० भदौ २०८०, २० : ०७
काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्को आइतबारको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् । उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् ।
यस्तै आइतबारकै परिषद् बैठकले बाल अदालत गठनका लागि उपयुक्त हुने भन्दै कानुन मन्त्रालयलाई राय प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण