शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु

सोमबार, ११ भदौ २०८०, १७ : ०८
सोमबार, ११ भदौ २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरूप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा टेम्पलेट लगायतलाई नगरपालिकाले  हटाउन सुरु गरेको हो ।

नगर प्रहरी शाखाका प्रमुख आशिष परियारका अनुसार सोमबार मात्रै तरकारी लाइन, सफा सडक, मालपोत लाइन, वडा सत्यवती लाइन, भोर्लेटारचोक लगायत बजारको मुख्य बजार क्षेत्रको हटाएको छ । उनका अनुसार नगरपालिकाले तोकेको निश्चित ठाउँमा मात्र मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने छ । 

साथै बजार क्षेत्रको सडक पेटीमा नियम विपरीत अव्यवस्थित रुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए । यसै गरी नगरपालिकाले इन्टरनेट सेवा प्रदायक सँग समन्वय गरी बजार भित्र रहेका अव्यवस्थित तारहरू पनि व्यवस्थित गर्न थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप