‘गणपति’ को स्याड गीत रिलिज
काठमाडौँ । फिल्म ‘गणपति’को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर र सङ्गीत अनि शङ्कर अधिकारी ‘घायल’ को शब्द गीतमा छ ।
दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनिक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिएका छन् । स्वदेशसहित एकसाथ विश्व बजारमा भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको प्रस्तुतिकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् ।
सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा वितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न् युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुनेछ । निर्देशक सबिनकै लेखन रहेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको कार्यकारी निर्मातामा विज्ञान केसी, अर्बिन्द्र गिरी र सह निर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह हुन् । शङ्कर अधिकारी घायल, देवेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र विशाल निरौलाको सङ्गीत रहेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, बिपीन मल्लको सम्पादन अनि हरि घले लामाको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण