दयाहाङ र मिरुनाको रोमान्टिक मुडमा खिचियो ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी सर्वाधिक रुचाइएको छ । यो जोडीकै अभिनय रहेको फिल्म हो ‘नाङ्गो गाउँ’ । फिल्म २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्म रिलिजका लागि ३ हप्ता बाँकी रहँदा निर्माण युनिटले फिल्मका लागि ‘सुन सुन सुन्दरी’ बोलको एक रोमान्टिक गीत छायांकन गरेको छ । ३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको गीतमा दयाहाङ र मिरुना रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।
अञ्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा तयार भएको हो । जय श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।
फिल्म दयाहाङ र मिरुनाको अलवा शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण