सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

सम्झनाको तरेलीमा निर्मल लामा — ३

लामाजी ! तपाईंंको अनुभवमा नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या के हो ?
शनिबार, १६ भदौ २०८०, १७ : ३६
शनिबार, १६ भदौ २०८०

मोटो मशाल र चौथो महाधिवेशन एक भएर एकता केन्द्र बनेपछि पार्टीमा लामाजीको उपस्थिति र क्रियाशीलता औपचारिक मात्र बाँकी रह्यो क्यार ! कम्तीमा पनि बाहिरबाट पर्यवेक्षकका आँखाले हेर्दा देखिएको आखिर त्यस्तै हो । लामाजीले जिम्मेवारीबाट बाहिरिन मन गरे कि उनलाई बलात् बाहिर पारियो ! त्यो हामी पार्टी बाहिरकालाई थाहा हुने कुरा भएन । उनले त्यो बेला राजनीतिबाट संन्यास लिने कुरा गरेका थिए ।

निर्मल लामाका तीनवटा घर थिए । पार्टी एउटा घर, गरिबको छाप्रो अर्को घर र सडक अर्को घर । एकता केन्द्र बनेपछि उनी घरविहीन भए, पक्का सुकुमबासी जस्ता । पार्टीसँगको साइनो खुकुलो भयो, सडक रित्तो थियो र उमेर अवस्थाले गर्दा चेतनाको मशाल बोकेर एक्लै गरिबका छाप्रा चहार्दै हिँड्न उनलाई अब सायद सम्भव थिएन । अनि म्हेपीको घर ? त्यसलाई उनी सुकनको घर भन्थे । त्यसमा उनकोे लगानी पनि थिएन र उति धेरै मोह पनि थिएन । भर–अभरको वास त्यो थियो होला, तर घरजस्तो घर त्यो थिएन । सके जोईपोइको सम्बन्धमा केही न केही खटपटहरू थिए हुनन् । सके बाबुछोराको नातामा केही न केही कल्मषहरू थिए हुनन् ।

हो, लामाजी पक्का सुकुमबासी भए । सके मानसिक एक्लोपन, मनोवैज्ञानिक सन्त्रास, पार्टी जीवनमा गुटबन्दी, तानातान, हानाहान र आरोप–प्रत्यारोपको बीचमा आर्जन गरेका कटु अनुभवहरू आदिले जन्माएको मानसिक अन्तद्र्वन्द्व र पीडाका कारणले होला, लामाजीको पिउने बानी अकासिएर गयो । अन्य वाम पार्टीका छापामा मात्र होइन, आफ्नै पार्टीका छापामा पनि उनी खिसिट्युरीको तारो बने । सहरभरिको हास्यपात्र जस्तो । हिजोसम्म उनी हाई हाई लामा थिए, अब उनी हाऽहाऽ लामा भए । मान्छे हो, उसका पनि वैयक्तिक दुःख र वेदना हुँदा हुन्, चाहना र रहर हुँदा हुन्, कुण्ठा र क्लेश हुँदा हुन् । त्यो एक्लो सुकुम्बासी जीवनमा उसलाई पनि अलिकता भौतिक सुरक्षा र सुबिस्ता, अलिकता भावनात्मक स्नेह र न्यानोपनको खाँचो परेको हुँदो हो । त्यसको वास्ता न समग्र वाम आन्दोलनले गरेको देखियो, न त उनी सम्बद्ध पार्टीले नै । उनीसँग उच्च विचार र शुद्ध आचरणको माग मात्र गरियो । तेरा पनि केही दुःख छन् कि बाबु भनेर सोध्ने लेठो सायद कसैले गरेन । 

भित्र कताकता मलाई ननिको अनुभव भयो । २२ गते आउन हप्ता दिन पनि बाँकी छैन । २२ गते नै किन होला ? कतै लामाजीलाई मृत्युको पूर्वाभास भएको पो हो कि ? २२ गते ! ... तर बाइसै गते किन भनेर सोध्न मलाई आँट आएन । सायद त्यो २२ गते पैदलयात्रा सुरु भएको वा टुङ्गिएको वार्षिक दिवस वा त्यस्तै केही पो हो कि ?

हुँदाहुँदा लामाजीको लत सम्हालिनसक्नु भयो । सार्वजनिक सभा र गोष्ठीमा समेत पनि उनी लतको झोला भिरेर आउन थाले । त्यो झोला पार्टीलाई बोझिलो भयो । उनकोे आफ्नो प्रतिष्ठा र गरिमामा पनि त्यसले धमिरा लगाउन थाल्यो । लामालाई निवेदन गर्न पार्टीका दुईजना नेता कामरेड एक दिन म्हेपी गएछन् । कामरेड, जनी गरेर यो गन्दे झोला बिसाइदिनोस् । यसले पार्टीलाई सकसमा पार्‍यो । अनि तपाईंंको सार्वजनिक छवि पनि... । कामरेडद्वयको निवेदन सुनेर लामाजीले ‘न हाँ’ ‘न ना’को भाकामा मुन्टो हल्लाए । 

जाडो याम थियो । साँझ पर्‍यो । 

यसो कान तताउने हो कामरेड ? लामाजीले आफ्नै पाराको अनौपचारिक र रसिक शैलीमा प्रस्ताव राखेछन् । प्रस्तावका जरामा आफैँ उकेरा लगाउँदै भनेछन्, यस्तो जाडोमा काल मार्क्स र एङ्गेल्सले पनि कान तताएकै हुन्, लेनिन र माओले पनि कान तताएकै हुन् । कान सबैका चिसा भएका थिए, बेला उपयुक्त र जोखिमरहित थियो, अँध्यारो र एकान्त । बस्, कान तताउने क्रम तीव्र गतिमा सुरु भएछ । एक कामरेडका कान यति ताता, राता, सबल र सशक्त भएछन् कि उनी भावुक हुँदै डाँको छाडेर छाती पिटिपिटी रुन थालेछन् । कामरेड ! लामाजीका पाउ पर्दै उनले भनेछन्, हामीलाई माफ गरिदिनोस् । हामीले तपाईंंको उपेक्षा गर्‍यौँ, हामीले तपाईंंमाथि घोर अन्याय गर्‍यौँ ।

नाटकले गति लिँदो छ । दर्शकदीर्घामा बसेर लामाजी मग्न मुद्रामा नाटक हेरिरहेका छन् । भावुक कामरेडले धर्मराउँदै र भित्ताको सहारा लिँदै शीर्षासन गरेछन् र खुट्टाले हावामा विचित्रको अभिनय गर्दै गगनमुखी पादनृत्य सुरु गरेछन् । त्यो किस्सा सुनेपछि मलाई लाग्यो, कसैको अति कल्पनाशील मस्तिष्कले लामाजीको जोगाउ गर्न र ती नेतालाई पखाल्न कथ्या होला त्यो किस्सा । भेटमा मैले सोधेँ — लामाजी, त्यो असम्भव गगनमुखी पादनृत्य भएकै हो त ?

मैले आफ्नो पुरानै मत अघि सारेपछि लामाजीले अत्यन्तै गम्भीर मुद्रामा भने — संग्रौलाजी, तपाईंहरू समाजवादी कालको लेखकस्वको नियमका कुरा गर्दै हुनुहुन्छ । तपाईंंहरूले हाम्रो अहिलेको यथार्थतिर आँखा चिम्लिदिनुभएको छ । पारिजातका कृतिहरूबाट आउने लेखकस्वको वैध हकवाला उनको उत्तराधिकारी नै हो । उसले आफ्नो विवेकले त्यो रकममध्ये केही प्रतिष्ठानलाई, केही आफूलाई बाँड्न सक्छ । तर जे गर्छ, त्यो उसको निजी कुरो हो ।

लामाजीले बडो विनोदी मुद्रामा भने — बाहिर जति सुनियो, त्यो त पादनृत्यको एउटा स्यानो खण्ड मात्रै हो । पूरै खण्ड बाहिर ल्याउने हो भने एउटा महाभारतै तयार हुन्छ । त्यसैले त मैले ठट्टा गरेको हुँ — म खान्छु, मेरा साथीहरू मात्छन् ।

क्यान्सर भएपछि भने लामाजीले मदिरासित पारपाचुके गरे । उपचारका लागि भारत जानुभन्दा अघिको एक भेटमा उनले मसँग भने — संग्रौलाजी, अब मैले कान तताउनबाट संन्यास लिएँ । हरेक कुराको धेरथोर सकारात्मक पक्ष हुन्छ नै । क्यान्सर नलागेको भए मानिसहरूले मलाई लामा रक्सी खाएर मर्‍यो भन्थे होला, अब मानिसहरूले लामा क्यान्सरले मर्‍यो भन्ने भए । यस अर्थमा नकारात्मक नै भए पनि क्यान्सर मेरो मित्र भयो ।

नभन्दै भयो पनि त्यस्तै ।

लामाजी भरतपुरस्थित क्यान्सर अस्पतालमा किमोथेरापी गराइरहेका थिए । निनुजी र म एउटा साहित्यिक कार्यक्रममा भाग लिन चितवन गएको मेसो पारेर एक बेलुकी लामाजीलाई भेट्न गयौँ । साथमा दलित नेता रणेन्द्र बराइली पनि थिए ।

‘म बाँचेँ,’ औधि भावुक हुँदै हाँसो र आँसुमिश्रित स्वरमा लामाजीले भने र निकै बेरसम्म मेरो हात समातिरहे । क्यान्सरले गलाएर उनी ख्वाउटे र सिट्ठा हुँदै गएका थिए तर उनकोे जीवनप्रतिको आशा र उमङ्गलाई क्यान्सरले रतिभर गलाउन सकेको थिएन । शरीर जीर्ण भइसके पनि उनको भावनात्मक जीवनको स्पन्दन उस्तै थियो, साबिकझैँ विकाररहित र उमङ्गले भरिपूर्ण ।

त्यसको केही दिनपछि नै डाक्टरहरूले लामाजीलाई अस्पतालबाट अब बिदा भए हुन्छ भनेको अशुभ खबर आयो । त्यो खबर निकट भविष्यमै लामाजी हाम्रो बीचबाट भौतिक रूपमा फेरि कहिल्यै भेट नहुने गरी बिदा हुँदै छन् भन्ने कुराको अप्रत्यक्ष डाक्टरी घोषणा थियो । लामाजीको ‘म बाँचेँ’ भन्ने त्यो आशावादी वचन मिथ्या सिद्ध भयो । क्रूर समयले डाक्टरको त्यो घोषणालाई सत्य सिद्ध गरेरै छाड्यो ।

०००

अलि पुरानो एउटा प्रसङ्ग । पारिजातदिदीले जीवन बिसाएपछि उनकोे सम्झना र सम्मानमा एउटा प्रतिष्ठानको स्थापना गर्ने प्रसङ्ग उठ्यो । निर्मल लामा, सुकन दिदी, निनु चापागाईं, रायन, महेश मास्के र राजेन्द्र अधिकारी त्यस प्रसङ्गलाई साकार रूप दिन डटेर लागेका थिए । साथमा म पनि थिएँ । गर्दै भन्दै जाँदा लामाजीसँग दुईवटा कुरामा हाम्रो गम्भीर मतान्तर भयो । मतान्तरका क्रममा निनुजी र मेरो एक मत थियो, अर्को मतमा लामाजी थिए ।

पारिजातका कृतिहरूको प्रकाशन र अनुवाद गर्ने कार्यको प्राथमिकता के हुने हो ? विवादको पहिलो बुँदा यो थियो । यस बुँदामा लामाजीको विचार थियो — पारिजातको शिरीषको फूलले जित्छ कि उनकोे पछिल्लो चरणको साहित्यिक प्रवृत्तिले जित्छ, त्यो कुरा हेर्न बाँकी नै छ । त्यसकारण पारिजातका कृतिहरूको प्रकाशन र अनुवादमा यो प्रवृत्ति र त्यो प्रवृत्ति भनेर लछुमन–रेखा कोर्न र पक्षपात गर्न हुँदैन । सबै कृतिलाई समान महत्त्व दिएर प्रकाशन र अनुवादको कार्यसूचीमा राख्नुपर्छ । भिन्न प्रवृत्तिहरूलाई आपसमा खुला रूपबाट प्रतिस्पर्धा गर्न र हारजित गर्न दिनुपर्छ । मतान्तरको दोस्रो बुँदा पारिजातका कृतिहरूको प्रकाशनबाट प्राप्त हुने लेखकस्वको रैरकममा कसको कति स्वामित्व रहने भन्ने थियो । यस बुँदामा लामाजीले तर्क गरे — हामी पुँजीवादी समाजमा छौँ । तसर्थ लेखकस्वको पुँजीवादी नियम प्रस्तावित पारिजात प्रतिष्ठानमा पनि लागू हुन्छ । पारिजातका कृतिबाट प्राप्त हुन आउने लेखकस्वको रकम प्रतिष्ठानले पारिजातका एकाघरका उत्तराधिकारीलाई सुम्पुवा गर्नुपर्छ र त्यसको उपभोग के कसरी गर्ने भन्ने प्रश्न उनै उत्तराधिकारीको स्वविवेकमा छाडिदिनुपर्छ ।

यसो कान तताउने हो कामरेड ? लामाजीले आफ्नै पाराको अनौपचारिक र रसिक शैलीमा प्रस्ताव राखेछन् । प्रस्तावका जरामा आफैँ उकेरा लगाउँदै भनेछन्, यस्तो जाडोमा काल मार्क्स र एङ्गेल्सले पनि कान तताएकै हुन्, लेनिन र माओले पनि कान तताएकै हुन् ।

निनुजी र मेरो विचार फरक थियो । प्रस्तावित प्रतिष्ठानको वित्तीय बन्दोबस्तअनुसार पारिजातका कृतिहरूको प्रकाशन र अनुवादको प्राथमिकता क्रम किटान गरिनुपर्छ र त्यस्तो किटानी लोककल्याणको दृष्टिमा आधारित हुनुुपर्छ । यो थियो, मतान्तरको पहिलो बुँदा सम्बन्धमा हाम्रो मत । 

पारिजातका कृतिहरूबाट आउने लेखकस्वको रैरकम पारिजातका उत्तराधिकारीलाई सुम्पुवा गरिदिनकै लागि प्रतिष्ठान खडा गर्ने हो भने प्रतिष्ठानको भूमिका कुल्लीको मात्र हुनेछ । कृति प्रकाशन गर, लेखकस्वको रकम बटुल र उत्तराधिकारीलाई बुझाइदेऊ । अनि कुन खर्चबर्चका आधारमा चलाउने हो प्रतिष्ठान ? यो थियो मतान्तरको दोस्रो बुँदा सम्बन्धमा हाम्रो मत ।

म सम्झन्छु, मतान्तरले उग्र रूप लिएपछि एक दिन लामाजीले मलाई म्हेपीमा डाकिपठाए । हामी पारिजात दिदीको कोठामा पस्ने भित्री ढोकाबाहिर करिडर उतातिरको कोठामा पस्यौँ । लामाजीले ढोका भित्रबाट चुकुल लगाएरै बन्द गरे । अनि त्यस गोप्य खोपीमा एकदम अस्पटलाग्दो वातावरणमा लामाजीले उही कुरा उठाए । मैले आफ्नो पुरानै मत अघि सारेपछि लामाजीले अत्यन्तै गम्भीर मुद्रामा भने — संग्रौलाजी, तपाईंहरू समाजवादी कालको लेखकस्वको नियमका कुरा गर्दै हुनुहुन्छ । तपाईंंहरूले हाम्रो अहिलेको यथार्थतिर आँखा चिम्लिदिनुभएको छ । पारिजातका कृतिहरूबाट आउने लेखकस्वको वैध हकवाला उनको उत्तराधिकारी नै हो । उसले आफ्नो विवेकले त्यो रकममध्ये केही प्रतिष्ठानलाई, केही आफूलाई बाँड्न सक्छ । तर जे गर्छ, त्यो उसको निजी कुरो हो ।

मैले फेरि जिरह गरेँ, उसो भए प्रतिष्ठानको कामचाहिँ पारिजातका उत्तराधिकारीको ढाक्रे बन्नु मात्र हो त ? कुरो त्यसै हो भने पारिवारिक गुठी बनाए भैगो नि !

लामाजीले लामो सास फेर्दै उर्लिरहेको उत्तेजनालाई अदपमा राखे । जहाँबाट सुरु भएको थियो, त्यहीँ अड्केर हाम्रो संवाद सकियो । केही दिनको वादविवाद र तनावपछि बीचको बाटो अँगालेर प्रतिष्ठानको नियमावलीको खेस्रा तयार पार्न मलाई भनियो । मैले तयार पारेँ । त्यसबारे छलफल हुने दिन म चकित र स्तब्ध भएँ । कठोर शिक्षकले लद्दु विद्यार्थीको उत्तरकापी निर्ममतासाथ काटकुट गरी सच्याएझैँ लामाजीले मेरो खेस्रा आप्mनो अभिप्रायअनुसार सच्याएछन् । काटकुट गरेर बाँकी रहेको खेस्रामा हामीबीचका मतभेदहरू ज्युँका त्युँ रहेको मलाई आभास भयो । मलाई आफ्नो जिब्रो काटिएजस्तो लाग्यो र थप विवाद गर्नु व्यर्थ हो भन्ठानेर म बोल्दै नबोली पन्छिएँ ।

केही दिनपछि लामाजीले मलाई फोनमा भने — संग्रौलाजी, मैले यथार्थवादी भएर नीतिगत कुरा गरेको हुँ, तर म पारिजातका कृतिबाट आउने रकमले आफ्ना परिवारजनलाई पोस्न खोज्ने लोभीजस्तो देखिएँ । त्यसैले म यस प्रक्रियाबाट ओझेल पर्न चाहन्छु । जे निर्णय गर्नुपर्छ, तपाईंंहरू सुकनसँग बसेर गर्नोस् ।

धेरै बियाँलो भइसकेको थियो । त्यतिखेर हाम्राबीचको कटुताले उग्ररूप धारण गरिसकेको थियो । त्यसकारण निनुजी र म प्रस्तावित पारिजात प्रतिष्ठानबाट बाहिरियौँ ।

निर्मल लामाका तीनवटा घर थिए । पार्टी एउटा घर, गरिबको छाप्रो अर्को घर र सडक अर्को घर । एकता केन्द्र बनेपछि उनी घरविहीन भए, पक्का सुकुमबासी जस्ता ।

०००

लामाजी जीवनको गोधूलि साँझतिर पुगिसकेका थिए । मलाई उनीसँग टेप वार्ता गर्न मन लाग्यो । अनुरोध गर्दा मैले अनुमति पाएँ पनि । छोटो भलाकुसारीपछि मैले सोधेँ — लामाजी, तपाईंंको अनुभवमा नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या के हो ? 

प्रत्युत्तरमा लामाजीले भने — यस विषयमा मैले तपाईंंलाई भन्न मिल्दैन । भन्नुपर्ने कुरा जे हो, त्यो मैले पार्टीलाई भनिसकेको छु । तपाईंंले पछि उतैबाट थाहा पाउनुहुनेछ ।

उत्तर सुनेर म बिलखबन्दमा परेँ । मेरो प्रश्न पार्टीको गोपनीयतासँग सम्बन्धित थिएन । त्यस प्रश्नको उत्तर जहाँ जसलाई पनि दिन सकिन्थ्यो । मलाई त्यसको उत्तर दिँदा न लामाजीलाई कुनै खति हुन्थ्यो, न त पार्टीको मानमर्दन नै हुन्थ्योे । वास्तवमा लामाजीको त्यो उत्तर उनकोे स्वभाव र शैलीविपरीत थियो । मलाई आठौँ आश्चर्यको अनुभूति भयो, डाँडाको जून भइसकेका लामाजीको बोली किन कसैको बन्धकमा परेको होला ? उनकोे विवेक र बोलीमाथि त्यसरी सेन्सर लगाएको कसले होला ? क्यान्सरले ? एकमनामुखी र अति गोप्यतावादी संस्कारले ? कि पार्टी सत्ताले ? जीवनमा निर्मल लामासँगको मेरो सबैभन्दा दुःखद क्षण त्यही थियो । मानिसले मर्ने बेलामा पनि बन्देजमुक्त भएर आफ्ना मनका भावना निर्भयतासाथ पोख्न नपाउनु, यो आफैँले आफैँमाथि थोपरेको वा अरुले आफूमाथि थोपरिदिएको कत्रो क्रूरता !

लामाजीको स्वर एकदमै दबेको र शुष्क थियो । बोल्दाखेरि उनकोे घाँटी खलाँतीझैँ घ्यारघ्यार गथ्र्यो । कुराकानी तुर्ने मनसायले मैले सोधेँ, तपाईंं हामीलाई के अर्ती दिन चाहनुहुन्छ ?

इमानदार रहनू, गरिखाने वर्गलाई नबिर्सिनू ।

मेरा सोध्ने कुरा सकिए । उन्मुक्त भएर उत्तर दिने हक नै उनलाई थिएन, उनलाई कष्टमा पार्दै मैले बित्थामा के सोधिरहनू ?

०००

मोहन दुवाल, दिल वरदान र सुवास श्रेष्ठहरूले निर्मल लामाको अभिनन्दन गर्ने कुरो उठाए, तर गर्ने कि नगर्ने भन्ने विवाद उठ्यो । गरिछाड्ने भनेर लागिपरेका दुवालजीले एक दिन एकाबिहानै मकहाँ आएर भने, पार्टीका साथीहरूले यसमा अरूचि देखाएर असहयोग गर्ने छाँट झिके ।

दुवालजीलाई मैले सोधेँ, नगर्ने भन्नेहरूको तर्क के छ ?

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जीवित व्यक्तिको अभिनन्दन गर्ने चलन छैन रे । त्यसैले... । 

यो तर्क सुन्दा कुनै धर्मान्ध पुरोहितले थालनी गरेको सराद्धेमा बिरालो बाँध्ने चलन र पछिका पुरोहितहरूले गरेको त्यसको अन्धानुकरणको मलाई याद आयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गुन्द्रुक खाने चलन पनि त छैन । तैपनि नियम उल्लङ्घन गरेर हामी गुन्द्रुक खाइरहेकै छौँ । अभिनन्दित हुन लामाजी तयार भए, हामीले नियम उल्लङ्घन गर्दै उनकोे अभिनन्दन गर्‍यौँ । भृकुटीमण्डपको विशाल सभाकक्षमा लामाजीलाई अभिवादन गर्न र उनीप्रति कृतज्ञता प्रकट गर्न मानिसहरूको भेल उर्लेर आयो । त्यहाँ लामाजीका समविचारका मानिसहरू मात्र थिएनन्, भिन्न विचारका मानिस पनि थुप्रै थिए । त्यो लामाजीको जीवनको सबभन्दा ठूलो सन्तोष र गौरवको क्षण थियो । त्यस सुन्दर क्षणमा उनकोे सरलता, इमान र त्यागलाई लोकले नतमस्तक भएर सलामी टक्र्याएको थियो । त्यो क्षणमा लामाजी जस्ता सत्पात्र पाएर नेपाली कम्युनिस्ट आन्दोलन पनि गौरवान्वित भएको थियो ।

०००

२०५७ वैशाख १७ गते निर्मल लामाका पूर्णकालिक कुरुवा र अन्तरङ्ग कामरेड अर्जुन थापाले शिक्षण अस्पतालबाट मलाई फोन गरेर भने, लामादाइले तपाईंंलाई भेट्न खोज्नुभा’छ ।

म हाँफ र झाँप गर्दै अस्पताल पुगेँ ।

फुर्सद छ ? लामाजीले सोधे ।

किन र ?

तपाईंंलाई सुहाउने एउटा काम छ, यसो अनुरोध गरुँ कि भनेर ।

त्यस्तो के होला ?

मेरो पैदल यात्राको दैनिकी जस्तो एउटा लिखत छ । एकजना किसान कामरेडले लेख्नुभएको हो यो । कुरो ठीक छ तर लेखाइ कोरा छ । कुरो कतै नबिराईकन यसलाई राम्ररी सम्पादन र परिमार्जन गरिदिनुपर्छ । अनि टाइप पनि गरिदिनुपर्छ । टाइप तपाईंं आफैँ गर्नुहुन्छ, होइन ?

गर्छु ।

ठीक छ । भ्याउनुहुन्छ त ?

त्यो लामाजीको अगुवाइमा बर्दिवासदेखि काठमाडौँसम्म गरेको पैदल यात्राको कथा थियो । समतल र पाखापखेराका जनसाधारणका मनमस्तिष्कमा नारा, भाषण र नाचगानका माध्यमले देशभक्तिको भावना जगाउने र तिनलाई खबरदारी गर्ने अभियानको कथा । दैनिकी कति छ र भ्याउनुपर्ने कहिलेसम्ममा हो भनेर मैले सोधेँ ।

काम निकै छ, मिहिनेतसाथ गर्नुपर्छ ।

कहिलेसम्ममा ?

मलाई २२ गते बुझाउन ल्याउनुपर्छ । ढिला गर्न मिल्दैन ।

भित्र कताकता मलाई ननिको अनुभव भयो । २२ गते आउन हप्ता दिन पनि बाँकी छैन । २२ गते नै किन होला ? कतै लामाजीलाई मृत्युको पूर्वाभास भएको पो हो कि ? २२ गते ! ... तर बाइसै गते किन भनेर सोध्न मलाई आँट आएन । सायद त्यो २२ गते पैदलयात्रा सुरु भएको वा टुङ्गिएको वार्षिक दिवस वा त्यस्तै केही पो हो कि ?

मञ्जुर ?

ठीक छ, मञ्जुर ।

म आफ्नो दैनिक लहनतहनमा व्यस्त थिएँ । त्यसकारण बोलकबोलअनुसार २२ गते भ्याउने गरी दिनको एकाध घन्टाको हिसाबले म कुटुकुटु त्यो काम गर्दै गएँ । तर मैले त्यो सिध्याउनुभन्दा पहिले नै लामाजी फेरि कहिल्यै नबौरिने गरी बिचेत भए । दैनिकीको परिष्कृत रूप हेर्ने लामाजीको घिडघिडो उनीसँगै गयो, कबोल गरेको दिन त्यो उनलाई बुझाएर आफ्नो कर्तव्य पूरा गर्ने मेरो धोको धोकै रह्यो ।

त्यो दैनिकी मेरो कम्प्युटरको एउटा खोपामा त्यत्तिकै बेवारिसे भएर रह्यो । पछि त्यसमा आँखा पर्दा मलाई सधैँ गहिरो विषादको अनुभूति भयो ।

०००

निर्मल लामा हुन् गरिखाने जनताका कोखमा जन्मेका र गरिखाने जनताकै लागि बाँचेका एक कम्युनिस्ट क्रान्तिकारी सुकुमबासी । लामाजीले आफ्नो भागमा आफ्नो भन्नु कहिल्यै केही पारेनन् । उनीसँग जे जे थियो, उनले त्यो सबै नेपाली श्रमजीवी जनतालाई अर्पण गरे । आफ्नो यौवन, आफ्नो प्रतिभा, आफ्नो जीवन सबै नै । त्यसैले उनका लागि गुमाउन केही बाँकी थिएन, जित्नका लागि सिङ्गो संसार थियो ।

सदैव स्मरणीय छ निर्मल लामाको त्यो महान् त्याग र त्यो महान् आकाङ्क्षा  !

सम्झनाका कुइनेटाबाट ।

(गोडमेल संस्करण समाप्त)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप