एसिया कप
अर्धसतकबाट चुके सोमपाल
सोमबार, १८ भदौ २०८०, १९ : ४७

काठमाडौँ । एसिया कप क्रिकेटका अर्धसतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बन्नबाट चुकेका छन्, सोमपाल कामी । एसिया कपको भारतविरुद्धको खेलमा उनी ४८ रन बनाउँदै आउट भए । उनको विकेट मोहम्मद सामीले लिए । सामीले उनलाई विकेटकिपर इशान किशनद्वारा क्याच गराए ।