भारतको सूर्य मिसन आदित्य एल–१ ले दोस्रो पटक कक्ष फेर्यो, अब के हुन्छ ?
सूर्य मिसन आदित्य एल–१ ले दोस्रोपटक आफ्नो कक्ष फेरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन अर्थात् इसरोले मङ्गलवार बिहान आफ्नो ट्विटर ह्यान्डलबाट यो जानकारी दिएको हो ।
इसरोले भनेको छ, 'आइएसटिआरएसी बेंगलुरुबाट दोस्रो अर्थ बाउन्ड म्यान्यूवर (अर्थात् दोस्रो पटक कक्ष परिवर्तन) सफलतापूर्वक पूरा गरेको छ । अब यसको नयाँ कक्ष २८२ किलोमिटर x 40225 किलोमिटरको छ ।'
आदित्य एल–१ को कक्षमा यो परिवर्तन मङ्गलवार बिहान ३ बजे भएको हो ।
इसरोका अनुसार कक्ष परिवर्तन प्रक्रियाको ट्र्याकिङ इसरोको मौरिसस, बेंगलुरु र पोर्ट ब्लेयरको ग्राउन्ड स्टेसनबाट गरिएको थियो ।
इसरोको अनुसार आदित्य एल–१ को कक्षमा अर्को परिवर्तन सेप्टेम्बर १०, २०२३ बिहान करिब साढे २ बजे हुनेछ ।
Aditya-L1 Mission:
— ISRO (@isro) September 4, 2023
The second Earth-bound maneuvre (EBN#2) is performed successfully from ISTRAC, Bengaluru.
ISTRAC/ISRO's ground stations at Mauritius, Bengaluru and Port Blair tracked the satellite during this operation.
The new orbit attained is 282 km x 40225 km.
The next… pic.twitter.com/GFdqlbNmWg
यो मिसन के हो ?
इसरोले शनिवार दिउँसो ११ः५० मा आन्ध्र प्रदेशको श्री हरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट यो मिसन प्रक्षेपण गरिएको हो ।
यो सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।
आदित्य अन्तरिक्ष यान सूर्यको नजिक जाने छैन । पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको लेन्ग्रेज बिन्दु १ (एल१) को चारैतिर एक प्रभामण्डल कक्षमा पुगेर आदित्यले सूर्यको अध्ययन गर्नेछ । सूर्यबाट पृथ्वीको दूरी १५.१ करोड किलोमिटर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण