अभिनेत्री गौरीले गाइन् तीज गीत ‘धिन ताका नाका धिन’
काठमाडौँ । अभिनेत्री गौरी मल्ल गायिका पनि हुन् । बाल्यकालदेखि गायनमा सौखिन उनले वर्षौँ पहिले केही गीत गाएकी थिइन् । गायनमा भन्दा अभिनयमा बढी रुचाइएको कारण उनले अभिनयनै रोजिन् ।
गौरी फेरि गायनमा फर्किएकी छन् । स्वर शब्द र संगीतसमेत उनकै रहेको तीज गीत ‘धिन ताका नाका धिन’ मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरियो । गीत उनले १० वर्षपछि गायकी हुन् ।
गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा गौरीसँगै अभिनेत्री मिथिला शर्माको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रममा केही उत्साहित र केही भावुक उनले गायिका रचना रिमालले गाउने तय भएको यो गीत उनले नभ्याएको कारण आफैले गाएको सुनाइन् ।
‘मलाई मनपर्ने गायिका रचना रिमाललाई यो गीत गाउन लगाउने कुरा थियो । तर, रचनाको व्यस्तताका कारण डिजे एलएक्स (एरेन्जर भाई) गीतअनुसार तपाईँले नै गाउँदा राम्रो हुन्छ भनेर आग्रह गरेपछि स्वर भरेकी हुँ’ गौरीले भनिन् ।
गौरीको बाल्यकालदेखि लेख्ने, पढ्ने र गाउने सोख थियो । अभिनय जीवन उनले बोनस मान्छिन् । अभिनयमा पारङ्गत मानिने गौरीले एक सय बढी नेपाली फिल्म अभिनय गरिसकेकी छन् । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी भन्दै तारिफ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण