कर्णालीमा एमाले अधिवेशन : भदौ ३० गते प्रतिनिधि छनोट, १ तिहाइ महिला अनिवार्य
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन नजिकिएसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् । असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
बुधबार कर्णाली प्रदेश कमिटीको कार्यालय बैठक इन्चार्ज लेखराज भट्टसहित बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । यस्तै शेष रहेको ५० प्रतिशत अङ्क बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको छ ।
अधिवेशनमा सहभागिताका लागि खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहने तर, समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण