शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समिति बैठक

माधव नेपालको प्रश्न–नेपालको चुच्चे नक्साबारे छिमेकी देशलाई औपचारिक जानकारी नदिनु कसको कमजोरी हो ?

बिहीबार, २१ भदौ २०८०, १५ : १३
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले औपचारिक रुपमा पारित गरेको नेपालको आधिकारिक नक्साबारेमा छिमेकी देशलाई जानकारी नदिने जस्तो कमजोरी आगामी दिनमा नगर्न आग्रह गरेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष नेपालले पूर्व परराष्ट्रमन्त्री (प्रदीप ज्ञवाली) र वर्तमान परराष्ट्रमन्त्री एनपी साउदको भनाई नमिलेको भन्दै यदी कूटनैतिक हिसाबले  नेपालले जारी गरेको नक्साबारे जानकारी गराउन भेट भएको हो भने त्यसमा परराष्ट्र मन्त्रालयका कर्मचारी प्रतिनिधिको रूपमा राखियो कि राखिएन भन्दै प्रश्न गरे ।  यसमा कमजोरी भएको हो भने आगामी दिनमा नहोस् भन्ने उनले कामना गरे । 

उनले देशको नक्साको विषय संवेदनशील विषय रहेको बताउँदै चीनले जारी गरेको नयाँ नक्सामा नेपालको पछिल्लो नक्सा समावेश नगरेको बेला यो कुरा आयो र गयो भनेजस्तो नहोस् भन्ने टिप्पणी गरे ।  

विदेश भ्रमणको क्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रतिनिधिलाई सहभागी गराउनु उपयुक्त हुने उनले बताए । नेपाल भूराजनीतिक रूपमा संवेदनशील रहेको बताउँदै विचार अभिव्यक्ति दिँदा ध्यान दिनुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप