कवितामा तीज
तिमी कवितामा तीज लेख भन्छ्यौ,
तिमी कवितामा तीज खोज भन्छ्यौ
म सोच्न बाध्य हुन्छु
म लेख्न मजबुर हुन्छु
कवितामा तीज अटाउँछ र ?
आफैभित्र प्रश्न गर्छु
तीज त मन र मुटुमा गडेको हुन्छ
तीज त भिर र पाखामा उफ्रेको हुन्छ
तीज त तुलसीको आँगनमा नाचेको हुन्छ्
अनि,
तीज त शिवालयहरुमा घन्केको हुन्छ
हैन र ?
तिमी कवितामा तीज पोख भन्छौ भने
कविता तीज हुन पक्कै सक्दैन
तिमी कवितामा बगेर नाच भन्छौ भने
कविताले कम्मर भाँच्न जान्दैन
किनकि,
तीज,
धनीको महिनौ दिन रमाइरहने पर्व हो
तीज,
गरिबको बाध्यताको ऋणको डोको हो
अनि,
तिम्रो र मेरो
हाँसो र आँसुको
एउटै कथा र ब्यथा हो ।
यसैले,
कवितामा कसरी पोखुँ तीजलाई ?
बगेका यी आँसु कसरी पुछु ?
आमाको माया कसमा खोजौ ?
माइतीको दैलो कसरी बिर्सु ?
आमाको हातको तातो सेलरोटी कहाँ पाउँ ?
ती वनपाखा
कोइलीको कुहु कुहु
अनि
रातो साडी र छड्के तिलहरीको माया
तिमीलाई मात्र हैन
नेपालीको रगत रगतमा छ
त्यो रगत छाती भरी लेपेर
म कवितामा तीज कसरी पोखुँ ?
यसैले, तीज
तिमी मनभरी फुल्नु पथ्र्यो
कलम समाइ कागजभरी पो छरियो
तीज,
तिमी ढुकढुकीमा धड्कनु पथ्र्यो
कविता बनी रोदनमा पो पोखियो ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण