कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण
सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत सङ्घ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९ सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए ।
तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्र
तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको हो । आव २०७७/७८ मा ३३ दशमलव ०२ किलोमिटर, २०७८/७९ मा १५ दशमलव ९० किलोमिटर र २०७९/८० मा ३० दशमलव ०३ सडक कालोपत्र भएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।
चालु आर्थिक वर्षमा मुगु, हुम्ला र डोल्पामा सडक कालोपत्र गरिएको छैन । सुर्खेतमा १५ दशमलव ९५ किलोमिटर सडक कालोपत्र भएको छ । दैलेखमा पाँच दशमलव ९९ किलोमिटर सडक कालोपत्र गरेको मन्त्रालयले जनाएको छ । जुम्लामा दुई किलोमिटर, सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको छ ।
त्यस्तै १० जिल्लामा मन्त्रालयले चार सय ३४ दशमलव ०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । त्यस्तै दुई हजार चार सय २४ दशमलव ११ किलोमिटर कच्ची सडक कटान गरिएको भन्दै सुवेदीले सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण