मानव अधिकार तथा शान्ति समाजद्वारा रुपन्देहीमा प्रदर्शन
बुटवल । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजना र स्थानीय संघसंस्थाको सहयोगमा रुपन्देहीमा प्रदर्शन गरिएको छन् । जिल्लाको सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शान्तिको अपिल गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनका सहभागीहरूले ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन, सङ्क्रमणकालीन न्याय पीडित मैत्री र मानवअधिकारमैत्री बनाऊ,मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ, सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।
अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने खनालले चेतावनी दिए । सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने उनले बताए ।
विश्वमा दिगो शान्ति कायम गर्न मुलुकमा विद्यमान गरिबी,बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने खनालले सुझाए ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेल लगायतले विश्वमा शान्ति कायम गर्न युवाहरूको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण