मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा म्युजिक अवार्ड असोज २६ गते हुने, १६५ जना कलाकार प्रतिस्पर्धामा

बिहीबार, ०४ असोज २०८०, १५ : ११
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ–  पाँचौ संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०’ असोज २६ गते शुक्रबार हुने भएको छ ।  चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ । 
अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप