सगरमाथा म्युजिक अवार्ड असोज २६ गते हुने, १६५ जना कलाकार प्रतिस्पर्धामा
काठमाडौँ– पाँचौ संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०’ असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ ।
अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् ।
अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण