अमेरिकाबाट निर्देशक सुमनले ल्याए ‘तिमीलाई छाडी’
काठमाडौँ । विगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी...’को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट् क्रियसन युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।
यो आधुनिक गीतलाई प्रमोद खरेलले गाएका हुन् । जसमा टिका भण्डारीको सङ्गीत छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले गीतका शब्द कोरेका हुन् ।
निर्देशक सुमन दाहालले यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल सहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृश्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तरता दिँदै आएका छन् ।
प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरूको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेस्रो र निश्माको यो दोस्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै...र यो जीवन मिठो...गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टिएर...गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।
भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, पवन गौतमको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण