बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल मल पुगेर बाबुराम र हिसिलाले हेरे ‘नाङ्गो गाउँ’

मङ्गलबार, ०९ असोज २०८०, १८ : २६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीले फिल्म ‘नाङ्गो गाउँ’ हेरेका छन् । मंगलबार उनीहरुले काठमाडौँको सिभिल मलमा फिल्म हेरेका हुन् ।

फिल्म हेरेपछि डा. भट्टराईले फिल्मको कथावस्तु उत्कृष्ट भएको प्रतिक्रिया दिए । ‘फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त बुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन’ भट्टराईले थपे ।

भट्टराईले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले थपे, ‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौँमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र यूवाहरुले काठमाडौँमा उठाएका हुन् । म गाउँ छाडेर हिँड्नु हुँदैन भन्ने पक्षमा छु ।’

यस्तै, पूर्व मन्त्री यमीले फिल्मको सबै कुराले मन छोएको बताइन् । उनले पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टि जनाइन् ।

भदौको २९ गतेबाट प्रदर्शनमा आएको फिल्म हिमाल कडरियाको प्रस्तुतिमा राम श्रेष्ठको निर्माण बनेको हो ।  रामहरि श्रेष्ठ यो फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप