सिभिल मल पुगेर बाबुराम र हिसिलाले हेरे ‘नाङ्गो गाउँ’
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीले फिल्म ‘नाङ्गो गाउँ’ हेरेका छन् । मंगलबार उनीहरुले काठमाडौँको सिभिल मलमा फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि डा. भट्टराईले फिल्मको कथावस्तु उत्कृष्ट भएको प्रतिक्रिया दिए । ‘फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त बुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन’ भट्टराईले थपे ।
भट्टराईले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले थपे, ‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौँमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र यूवाहरुले काठमाडौँमा उठाएका हुन् । म गाउँ छाडेर हिँड्नु हुँदैन भन्ने पक्षमा छु ।’
यस्तै, पूर्व मन्त्री यमीले फिल्मको सबै कुराले मन छोएको बताइन् । उनले पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टि जनाइन् ।
भदौको २९ गतेबाट प्रदर्शनमा आएको फिल्म हिमाल कडरियाको प्रस्तुतिमा राम श्रेष्ठको निर्माण बनेको हो । रामहरि श्रेष्ठ यो फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण