बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वान बाई मेटलाइफ मेला आयोजना

बुधबार, १० असोज २०८०, १९ : ०७
बुधबार, १० असोज २०८०

काठमाडौँ । बीमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवातपछि मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि वान बाई मेटलाइफ मेला आयोजना गरेको छ । यसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीले जनाएको छ ।

वान बाई मेटलाइफ मार्फत मेटलाइफ नेपालले नेपालीहरूका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको छ । एजेन्टहरूका लागि मेटलाइफले मेलामा एपका बारेमा प्रत्यक्ष प्रदर्शनहरू, सुविधाहरूका ब्रिफिङ, र ह्यान्ड–अन सत्रहरूको बारेमा जानकारी प्राप्त गराएको थियो । 

एपको प्राथमिक उद्देश्य परिवर्तनकारी सुविधाहरूको बारेमा समर्पित एजेन्टहरूलाई सशक्त र शिक्षित गर्नु थियो, जसले गर्दा उनीहरूले स्वस्थ र अधिक सुरक्षित भविष्यको लागि अत्याधुनिक बीमा र स्वास्थ्य सेवाहरू पहुँच गर्न ग्राहकहरूलाई मार्गदर्शन दिन सक्नेछन् । यस कार्यक्रमले मेटलाइफ नेपालले आफ्ना एजेन्टहरूको व्यावसायिक विकास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतालाई पनि जोड दिएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफले रमाइलो सिकाइ अनुभवहरूको शक्तिमा विश्वास गर्दछ, त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानहरू सहित रमाइलो गतिविधिहरू मिसाएका छौँ । उत्कृष्ट प्रविधि र हाम्रो सक्रिय टोलीलाई सँगै ल्याएर, हामी हाम्रा ग्राहकहरूलाई लामो समयसम्म स्वस्थ बाँच्न र थप आत्मविश्वासी भविष्य निर्माण गर्नका लागि कदम चाल्न प्रेरित गर्ने आशा गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप