कर्णालीमा एमाले अधिवेशन : ११ बजेपछि बन्द सत्र सुरु, तीन वटा प्रतिवेदनमाथि छलफल
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन बुधबारदेखि सुरु भएको छ । बिहीबार आज ११ बजेदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।
बिहान ८ बजेबाट नै बन्द सत्र सुरु हुने भनिए पनि कोर्ड छपाई लगायतका कुराहरूमा केही ढिलाइ भएकाले पछि सरेको हो । बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् ।
त्यसपछि राजनीति, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने एमाले सचिव टेकराज पछाईले जानकारी दिए । त्यसपश्चात् ती प्रतिवेदनहरूमा बफादार रूपमा छलफल चल्ने छन् । निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुन्छ ।
प्रदेशको नेतृत्वको लागि सकेसम्म सर्व सहमतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा निर्देशन दिइसकेका छन् । साथै ओलीले प्यानल बनाएर चुनाव नलड्न पनि निर्देशन दिएका छन् । तर, कर्णालीमा निर्वाचन हुने सम्भावना प्रबल रहेको नेताहरूको भनाइ छ ।
यहाँ अहिलेसम्म यामलाल कँडेलको गुटबाट गुलावजंग शाहको नाम चर्चामा छ भने गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट मीनबहादुर शाही र लालबहादुर महताराको नाम चर्चामा छ । यस्तै पूर्व सभामुख राजबहादुर शाहीले पनि अध्यक्षका लागि तयारी थालिरहेका छन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा भने गरेको अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण