कर्णालीमा एमाले अधिवेशन : ११ बजेपछि बन्द सत्र सुरु, तीन वटा प्रतिवेदनमाथि छलफल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन बुधबारदेखि सुरु भएको छ । बिहीबार आज ११ बजेदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।
बिहान ८ बजेबाट नै बन्द सत्र सुरु हुने भनिए पनि कोर्ड छपाई लगायतका कुराहरूमा केही ढिलाइ भएकाले पछि सरेको हो । बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् ।
त्यसपछि राजनीति, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने एमाले सचिव टेकराज पछाईले जानकारी दिए । त्यसपश्चात् ती प्रतिवेदनहरूमा बफादार रूपमा छलफल चल्ने छन् । निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुन्छ ।
प्रदेशको नेतृत्वको लागि सकेसम्म सर्व सहमतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा निर्देशन दिइसकेका छन् । साथै ओलीले प्यानल बनाएर चुनाव नलड्न पनि निर्देशन दिएका छन् । तर, कर्णालीमा निर्वाचन हुने सम्भावना प्रबल रहेको नेताहरूको भनाइ छ ।
यहाँ अहिलेसम्म यामलाल कँडेलको गुटबाट गुलावजंग शाहको नाम चर्चामा छ भने गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट मीनबहादुर शाही र लालबहादुर महताराको नाम चर्चामा छ । यस्तै पूर्व सभामुख राजबहादुर शाहीले पनि अध्यक्षका लागि तयारी थालिरहेका छन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा भने गरेको अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
-
व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए