एमाले कर्णाली अधिवेशन : बल्ल सुरु भयो बन्द सत्र
सुर्खेत । बिहान ११ बजेबाट सुरु हुने भनिएको नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र बल्ल सुरु भएको छ। नेतृत्व चयनको लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु हुन ढिलाई भएको हो ।
सहमतिको प्रयास विफल भएपछि महासचिव शंकर पोखरेल काठमाडौँ फर्किएका छन्। एमालेका एक नेताका अनुसार पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशनसहित काठमाडौँ फर्किएका छन्।
यद्यपि कर्णालीमा सहमतिअनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन्।
यहाँ यामलाल कँडेलको गुटबाट गुलावजंग शाह अध्यक्षका आकांक्षी छन् भने गोरख बोगटी-विनोदकुमार शाह गुटबाट मीनबहादुर शाहीको नाम चर्चामा छ।
यस्तै पूर्वसभामुख राजबहादुर शाही पनि अध्यक्षका दाबेदार हुन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा गरेका छैनन् ।
बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण