एमाले बागमती अधिवेशन : आज मतदानमार्फत नेतृत्व चुनिँदै, अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा
शुक्रबार, १२ असोज २०८०, ०७ : ४१
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।
एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि कैलाश ढुङ्गेल र कृष्ण दाहालबाहेक अन्यले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण