कर्णालीमा एमाले अधिवेशन : डण्डि शर्माले उम्मेदवारी फिर्ता लिएसँगै सचिवमा दुई शाहीबीच प्रतिस्पर्धा
शनिबार, १३ असोज २०८०, ०९ : १३
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उनले रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
अब यामलाल कँडेल र गोरख बोगटी–विनोदकुमार शाहको टिमबीच सचिवमा पनि प्रतिस्पर्धा हुने भएको छ । सचिवका उम्मेदवारमा यामलाल कँडेलको टिमबाट सुर्खेतका धुर्वकुमार शाही रहेका छन् । दैलेखका रुद्र शाही बोगटी–शाह टिमका हुन् । अब दुई शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
रुद्र शाही युवाहरुमाझ परिचित नेता हुन् । धुर्व शाही यसअघिसम्म अध्यक्षका दाबेदार थिए । तर, गुलावजं शाह उम्मेदवार बनेपछि उनी उक्त टिमबाट सचिवको उम्मेदवार बनेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण