शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

परिसंघ कोशी प्रदेशको अध्यक्षमा सारडा

शनिबार, १३ असोज २०८०, ११ : ४५
शनिबार, १३ असोज २०८०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशको अध्यक्षमा पवन सारडा निर्वाचित बनेका छन् । शुक्रबार सम्पन्न भएको परिसंघ कोसी प्रदेशको निर्वाचनमार्फत सारडा सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेका हुन् ।

सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष समेत हुन् । यसबाहेक, परिसंघ कोसी प्रदेशको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित बनेका छन् । मुन्दडा सङ्घकै निवर्तमान अध्यक्ष हुन् । परिसंघ कोसी प्रदेशको उपाध्यक्षमा नवलकिशोर काबरा निर्वाचित बनेका छन् ।

यस्तै, उपाध्यक्षमै देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडा निर्वाचित बनेका छन् । प्रदेशको मानार्थ उपाध्यक्षमा घनश्याम काबरा, गिरिस लुनिया, रमेश राठी र कोषाध्यक्षमा राकेश राठी चयन भएका छन् ।

यस्तै, परिसंघ कोसी प्रदेशको सदस्यमा डेनिस कार्की, दिवस सुवेदी, बेदान्त जाजु, राजेन्द्र राठी, कर्ण रायमाझी, रिसभ दाहाल, मधुर दुगड लगायतका चयन भएका छन् । मुकेश कोठारी, जितेन्द्र राठी, अदिवअली अन्सारी, अजिता बराल, पुनीत पौडेल लगायतका उद्योगी समेत सदस्यमा निर्वाचित भएका छन् भने हरिवंश राठी, सन्न अग्रवाल, पवन पञ्कज, दिवाकर राठी र अजय राठी समेत सदस्य चुनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप