संगीतकार थापाले ल्याए ‘तिमीलाई म कति माया गर्छु’
काठमाडौंँ । शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’ को अडियो भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरे ।
शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर र प्रलाद शाहको शब्द छ । गीतको भिडियषे माधव शर्माले निर्देशन गरेका छन् । भिडियोमा लाइन र लालना चिमरियाको अभिनय छ । नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी भिडियोमा छ ।
कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समीक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताए ।
कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण