सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

सोमबार, १५ असोज २०८०, १३ : २२
सोमबार, १५ असोज २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

सोमबार बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका  छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । यस्तै समाजका दर्जन बढी शाखाहरूले आज साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।

२००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिँजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ । अक्टोबर २ महात्मा गान्धीको जन्म जयन्ती पनि हो । महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिनछ । अहिंसालाई केन्द्रविन्दुमा राखेर क्रियाशील शान्ति समाजले सन् २००७ देखिनै अहिंसा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप