टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले दार्चुलाको टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उक्त स्थानमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो वाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।
करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिने टेलिकमको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन