कविता : ‘म र मेरो राष्ट्र’
स्वदेशमा त के कुरा
म परदेशमा पनि स्वदेश बाँचेको हुन्छु
कोही आफ्नो घर आफै सल्काएर
स्वदेशमा पनि परदेश बाँच्छन्
म नाङ्गो आकाशको ओत लागेर
सुखमा-दुःखमा समान
आफ्नै देश बाँचेको हुन्छु
म जहाँ भए पनि, जहाँ रहे पनि
मनमा स्वर्णिम नेपाल साँचेको हुन्छु
तातो ढुङ्गामा सेके पनि हुन्छ
रच्छ्यानमा फ्याँकेपनि हुन्छ
म दुबो हुँ
मौलाउने मेरो धर्म हो
म कहिले नागीहरुमा भेठीगोठालाहरुसँग
कहिल्यै नअस्ताउने, कहिल्यै नओइल्याउँने
नेपाल टेक्दै हुन्छु
म कहिले तराईका फाँटहरुमा
तर्तरी बग्ने पसिनासँग
कहिल्यै नछुट्ने, कहिल्यै नटुट्ने
मितेरी लाउँदै हुन्छु
कहिले म हत्केलाको ठेला भएर खेल्छु
कहिले किसानको सपना
धानको बाला भएर झुल्छु
म तर्सिन कहिल्यै अग्निज्वालाले
न त तर्सन्छु बारुदका गन्धले नै
यदाकदा तर्सन्छु
यो माला छिन्ला कि भन्ने भयले
त्यसैले हरदिन हररात
चार वर्ण छत्तिस जातको माला गाँस्दै हुन्छु
म सपनामा पनि
जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी जप्दै हुन्छु ।
(राप्रपा अध्यक्ष लिङदेनले धुलीखेलमा भएको पार्टीको अनौपचारिक कार्यक्रममा वाचन गरेको कविता साभार । उनले यो कविता २०४७ सालतिर लेखेको बताएका छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण