नेपाली गायिका मेनुका पौडेललाई ‘इन्डियन आइडल’मा गोल्डेन माइक
आइतबार, २१ असोज २०८०, १२ : ३५
काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी टप १५ मा सेलेक्ट भएकी छन् ।
मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिएकी थिइन् । अडिसनमा उनले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।
‘शो’ का निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए । झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण