निर्माता सङ्घले गर्यो दुई हललाई पुरस्कृत
काठमाडौँ । काठमाडौँको बिग मुभिज र नारायणगढको जलमा हल पुरस्कृत भएका छन् । चलचित्र निर्माता सङ्घले सोमबार आफ्नो १७ औँ वार्षिक साधारण सभामा यी हललाई नेपाली फिल्म चलाएर धेरै आम्दानी गरेको भन्दै सम्मान गरेका हो ।
बिग मुभिजले ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाएको थियो भने उपत्यका बाहिर नारायणगढको जलमा हलले ६७ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
यी दुई हललाई सञ्चार सचिव कृष्णबहादुर राउतले सम्मान प्रदान गरे । हलका तर्फबाट बिग मुभिजका दीपेश शर्मा र जलमा हलका वीरेन्द्रनारायण श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा सञ्चार सचिव राउतले प्रस्तावित फिल्म विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागिपरेको बताए । उनले फिल्मकर्मीको सल्लाह सुझावअनुसार विधेयक अघि बढ्ने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छलफल र सल्लाहकै लागि मस्यौदा सार्वजनिक गरिएको बताए । फिल्मकर्मीको सुझाव अनुसार अघि बढ्ने उनको धारणा रहेको थियो ।
निर्माता सङ्घका अध्यक्ष नबल खड्काले चलचित्र मस्यौदाको विषयमा आफूहरूको माग पूरा नभएसम्म बोर्डले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण