'विश्वका अन्य देशको तुलनामा नेपालको दूरसञ्चार सेवा शुल्क महँगो छैन'
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताएकी छन् ।
सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित्त प्रबन्ध निर्देशक अर्यालले यस्तो बताएकी हुन् । उनले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताइन् । उनले सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गरिन् । उनले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सन्र्दभिक नभएको जिकिर गरिन् । उनले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दूरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताइन् ।
निमित्त प्रबन्ध निर्देशक अर्यालले २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८÷८९मा आउँदा १९.६९ पैसा रहेको बताइन् । उनले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गरिन् । उनले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताइन् ।
निमित्त प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि बक्यौता रकम तिर्न बाँकी नरहेको बताइन् । उनले जिएसएम मोबाइल लाइसेन्सको २०८१ वैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार बक्यौता रकम बुझाउने बताइन् । उनले दूरसञ्चार सेवा शुल्क बढाउने भन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताइन् ।
निमित्त प्रबन्ध निर्देशक अर्यालले टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको बताइन् । उनले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै रहेको भन्दै अहिले बढेर ४० बढी पुगेको र टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण