क्रोएसियामाथि टर्कीको रोमाञ्चक जित
शुक्रबार, २६ असोज २०८०, १० : ०६
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा टर्कीले रोमाञ्चक जित हासिल गरेको छ । टर्कीले शुक्रबार विहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १—० गोलले हरायो ।
खेलको पहिलो हाफमै गरेको गोल नै टर्कीको जितका लागि पर्याप्त रह्यो । प्रतिस्पर्धात्मक खेलको ३०औँ मिनेटमा टर्कीका लागि बारिस ईल्माजले निणरयक गोल गरेका थिए । खेलको दोस्रो हाफमा भने दुबै टोलीले गोल गर्न सकेनन् ।
समूह ‘डी’ तालिकामा ६ खेल खेल खेलेको टर्की १३ अंकसहित पहिलो स्थानमा छ । पाँच खेल खेलेको क्रोएसिया १० अंकसहित दोस्रो स्थानमा आसिन छ । ६ खेलबाट सात अंक बटुल्दै आर्मेनिया तेस्रो र पाँच खेलबाट सात अंक जोड्दै वेल्स चौथो स्थानमा छन् । ६ खेलबाट तीन अंक जोडेको लात्भिया पाँचौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण