सहकारीको बदमासीले जनताका विश्वास गुम्दै गयो : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीहरुले बदमासी गर्दा जनतामा विश्वास गुम्दै गएकोले सञ्चालकहरुले समयमै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । वीरेन्द्रनगरको श्री त्रिपुरेश्वर बचत तथा ऋण सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीहरुले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताएका हुन् ।
‘समुदायका हितका लागि कार्य गर्नुपर्ने सहकारीले बदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक बन्दै गएको छ,’ उनले भने, ‘सञ्चालकहरुले त्यो अवस्थालाई निराकरण गर्नका लागि ध्यान दिनुपर्छ ।’ राज्य, नीजि र सहकारी क्षेत्रका बीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने शर्माको भनाइ छ ।
स–सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास, संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने उनले बताए । त्यसका लागि राज्य सरकार, नीजि र सहकारी क्षेत्रलाईसँगै लिएर जानुपर्ने धारणा उनको छ ।
‘गाउँघरमा रहेका सहकारीले समुदायमा सुख र दुखको साथीको रुपमा काम गर्नुपर्छ,’ उनले भने,‘थोरैथोरै बचत गर्दा भएको पुँजीलाई उत्पादन, उद्यमशीलतासँग जोडेर जनताको सुखमा भन्दा अझ बढी दुखपार लगाउने साथी हुनुपर्दछ ।’
कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्ता र समाजिक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धि पुरा गर्न सकिने भएकाले रोजगारी र समाजिक रुपान्तरणका कार्यक्रम अघि सारेको पनि शर्माले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण