शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले भने–वर्तमान गठबन्धनको सरकार ढल्दैन

आइतबार, २८ असोज २०८०, १६ : २२
आइतबार, २८ असोज २०८०

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने दाबी गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा बोल्दै उनले सरकार कसैले पनि ढाल्न नसक्ने बताए ।  

उनले भने,'कसैले पनि चुरीफुरी धेरै नगर्नुहोस् । कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो ।'

अध्यक्ष पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए ।

'नेपालमा भ्रष्टाचारी व्याप्त रहेको छ । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ,' उनले भने,'देशमा भइरहेका बेथितिको विरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने  छ ।'

अध्यक्ष नेपालले विभिन्न कालखण्डमा एमाले‌ पार्टी निर्माण गरिएको बताए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्दै उनले भने,'२०७४ मा दुई तिहाइको बहुमत आयो तर, जनताको भावना एमालेले बुझ्न सकेन । व्यक्तिगत अहंकारमा लागेर देशलाई दुर्घटनामा लाने काम भयो ।'

अध्यक्ष नेपालले ओलीले पार्टीलाई टुक्रा–टुक्रा बनाउने काम गरेको आरोप लगाए ।  

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप