सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा थप नयाँ सुविधा

मङ्गलबार, ३० असोज २०८०, १७ : ४१
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बंैकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधाहरू थप गरेको छ । 

डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको छ । अव ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ । 

बैंकले आफ्ना विशेष ग्राहकहरूलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरू प्रदान गर्नेछ । 

यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरू मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ प्रयोगकर्ता इन्टरफेसमा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

 लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप