यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु
सोमबार, ३१ वैशाख २०८१, १२ : ०९
भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए ।
अस्पतालमा उपचारका क्रममा बालकको भने मृत्यु भएको थियो । फूड प्वाइजनिङका कारण सबै जना बिरामी भएको आशंका गरिएको छ ।
स्थानीयहरूको अनुसार पूरनपुर इलाकामा बिहीबार राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासमेत ६ जना बिरामी भएका थिए । बिरामीहरूलाई निजी अस्पतालमा लगिएको भएपनि बालकको भने उपचारकै क्रममा निधन भयो ।
बाँकी बिरामीको हालत भने स्थिर रहेको बताइएको छ । परिवारका सदस्यहरू चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुन सक्ने खाद्य विभागका द्वितीय सहायक आयुक्त शशांक त्रिपाठीले भनेका छन् । यस मामिलाबारे छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण