योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताए । ‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधन स्रोतमा खर्च भइरहेको छ । यसैको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने । ‘यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौँ ।’
आफू गृहमन्त्री रहँदा मातहतका सबै निकायलाई योग र ध्यानको शिविर राख्न लगाएको प्रसङ्ग सम्झिँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले परराष्ट्र मन्त्रालयका निकायमा र विदेशी नियोगमा समेत कार्य पूर्व दैनिक योग र ध्यान गराउन लागिएको प्रसङ्ग सुनाए ।
योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्धन गर्ने भन्दै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्टाउन नहुनेमा जोड दिए ।
स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरूका बिचमा छलफल हुँदैछ । यो सम्मेलनको दोस्रो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण