बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार, ३१ वैशाख २०८१, ११ : ५६
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । 

उनले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताए  ।  ‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधन स्रोतमा खर्च भइरहेको छ । यसैको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने । ‘यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौँ ।’

आफू गृहमन्त्री रहँदा मातहतका सबै निकायलाई योग र ध्यानको शिविर राख्न लगाएको प्रसङ्ग सम्झिँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले परराष्ट्र मन्त्रालयका निकायमा र विदेशी नियोगमा समेत कार्य पूर्व दैनिक योग र ध्यान गराउन लागिएको प्रसङ्ग सुनाए ।

योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्धन गर्ने भन्दै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्टाउन नहुनेमा जोड दिए । 

स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरूका बिचमा छलफल हुँदैछ । यो सम्मेलनको दोस्रो संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप