९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो
काठमाडौँ । जेठ महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् । यस्तै ७ वटाले वैशाखको ब्याजदरलाई स्थिर राखेका छन् भने ३ वटा बैंकले ब्याजदर बढाएका छन् ।
समग्रमा जेठ महिनाका लागि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसतमा ०.०८ प्रतिशतले घटेको हो ।
ब्याजदर बढाउने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया र प्रभु छन् । ग्लोबल आईएमईको कर्जाको ब्याज वैशाखमा ७ प्रतिशत रहेकामा जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ ।
यस्तै, वैशाखमा ७.७५ प्रतिशत रहेको एनआईसी एसियाको कर्जा ब्याज जेठ महिनाका लागि ७.८ प्रतिशत कायम भएको छ । यसबाहेक वैशाख महिनामा ७ प्रतिशत रहेको प्रभु बैंकको ब्याजदर जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ ।
ब्याज घटाउने बैंकहरुको सूचीमा नबिल, सिद्धार्थ, एभरेस्ट, सिटिजन्स, एनएमबी, एसबीआई, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् । यता ब्याज वैशाखको जस्तै स्थिर राख्ने बैंकहरुको सूचीमा स्ट्यान्डर्ड चार्टड, माछापुच्छ्रे, हिमालयन, एनआईएमबी, कुमारी, नेपाल र लक्ष्मी सनराइज बैंक छन् ।
बैंकहरुले निरन्तर ब्याज घटाउन थालेसँगै जेठ महिनामा पछिल्लो साढे दुई वर्ष अवधिको तुलनामा सबैभन्दा न्यून बिन्दुमा ब्याजदर आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण