स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको बताएका छन् । सोमबार नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको बताएका हुन् ।
उनले नेपालमा अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गर्ने बेला आएको समेत बताए । स्वास्थ्य जनशक्ति उत्पादन मात्रै नभई गुणस्तरीय सेवा दिन सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने कोइरालाको भनाइ छ । ‘कार्यान्वयनमा ध्यान दिनुपर्यो जनशक्ति उत्पादनमा मात्रै नभई गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने छ’ उनले भने, ‘ अहिले हामी उचित जनशक्ति बिना नै काम गरिरहेका छौँ ।’
उनले स्वास्थ्यकाे जिम्मेवारी सरकारले मात्रै न लिएर आम नागरिकले पनि लिनुपर्ने तर्क गरे । स्वास्थ्य क्षेत्रमा आवश्यकता पहिचान गर्ने उद्देश्यले काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनकाे दोस्रो संस्करण जारी छ । सम्मेलनका क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरूका बिचमा छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण