अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो
काबुल । अफगानिस्तानमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीले गर्दा उत्तर अफगानिस्तानमा व्यापक धनजनको क्षति भएको छ ।
अधिकारीहरूले बताएअनुसार बाढीका कारण ३१५ जना भन्दा धेरैको ज्यान गएको छ भने १ हजार ६०० जना भन्दा धेरै घाइते भएका छन् । बाढीले हजारौँ घर क्षतिग्रस्त भएका छन् भने हजारौँ बस्तुभाउ चौपाया मरेका छन् ।
आफ्नो साथमा खानेकुरा, पिउने पानी, बास र ओढ्ने केही पनि नभएको अनि बाढीले सारा कुरा तहसनहस पारेका परिवारको १३ जना सदस्य गुमाएका मुहम्मद याहकूबले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताए । बाढीले सारा गाउँ ध्वस्त बनाएको याहकूबको भनाइ छ । शुक्रबार आन्तरिक मन्त्रालयले मर्नेको सङ्ख्या १५३ जना पुगेको र यो सङ्ख्या थप बढ्न सक्ने चेतावनी दिएको थियो ।
एक विज्ञप्तिमा अफगानिस्तानका अर्थमन्त्री दिन मोहम्मद हानिफे संयुक्त राष्ट्र संघको मानवीय एजेन्सी र निजी व्यवसायहरूलाई बाढी प्रभावित क्षेत्रमा राहत र सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका थिए । तालिबानले सन् २०२१ मा शासन आफ्नो हातमा लिएयता संयुक्त राष्ट्र सङ्घीय निकायहरूले अफगानिस्तानलाई सहायता कम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण