विश्वकप छनोट फुटबल : मनिषको गोलमा लाओसको मैदानमा नेपाललाई अग्रता
मङ्गलबार, ३० असोज २०८०, १९ : २४
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले लाओससँग उसैको घरेलु मैदानमा अग्रता लिएको छ । नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको हो ।
यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएकाले नेपाल दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा छ । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डांगीले गोल गरेका हुन् । दोस्रो लेग खेलमा विजयी हुने टोली विश्वकप छनोट फुटबलको दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो लेग खेलको ७० मिनेट समय सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण