शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भाइको निधनले अध्यक्ष नेपालले दसैँ नमनाउने, मतदातासँग समय बिताउने

आइतबार, ०५ कात्तिक २०८०, १६ : ५९
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैँमा कसैलाई टीका नलगाउने तथा कसैबाट टीका ग्रहण नगर्ने भएका छन् । 

भाइ सरोजकुमार उपाध्यायको गत २० फागुनमा निधन भएका कारण यो वर्ष नेपाल परिवार शोकमा भएकाले टीका कार्यक्रम नभएको समाजवादी प्रेस संगठन अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।

अध्यक्ष नेपाल भने दसैँको अवसर पारेर मतदाता भेटघाटका लागि गृह जिल्ला  रौतहट पुगेका छन् । उनी दसैँपछि मात्र काठमाडौँ आउने अध्यक्ष सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप