दसैँ विशेष खानपान : घरमै बनाउन सकिन्छ मिठो ‘हिमाली आलु’
काठमाडौँ । दसैँमा ननभेजहरूले त मासुका परिकारमा रमाउँछन् । तर, मासु नखाने अर्थात शाकाहारीले दसैँमा कस्ता परिकार खाएर रमाउने त !
यो विषय धेरैका लागि चासोका विषय हुन सक्छ । त्यसका लागि रातोपाटीको दसैँ विशेष स्तम्भमा हामीले आलुबाट तयार गरिने परिकार ‘हिमाली आलु’को रेसिपी प्रस्तुत गर्दै छौँ । दसैँ बिदामा परिवारसँगै बसेर सजिलो र छिट्टो तयार गर्न सकिने हिमाली आलु मासु खाएर दिक्क भएकाहरूलाई पनि वैकल्पिक परिकार बन्न सक्छ ।
ललितपुरको बखुण्डोल स्थित रहेको ज्याकाराण्डा रेस्टुरेन्टमा तयार गरिने मिठो ‘हिमाली आलु’ त्यहीका सेफ विजय तामाङको रेसिपीमा हामीले यो सामग्री तयार पारेका छौँ ।
‘हिमाली आलु’ परिकार बनाउन चाहिने सामग्री (आवश्यकता अनुसार)
– ठुलो ठुलो आलु
– सुकेको खुर्सानीको धुलो
– टिमुर
– नुन
– जिम्बु
– हरियो खुर्सानी
– घ्यू
– धनियाँ
– मसिनो पारेर काटेको लसुन

कसरी तयार गर्ने ‘हिमाली आलु’ ?
सबैभन्दा पहिले आलुलाई ठिक्क पाक्ने गरी उसिने र बोक्रा फालेर त्यसलाई काटेर तयार गर्ने । अनि घ्युमा मसिनो पारेर काटेको लसुन, खुर्सानी र जिम्बु हालेर चला काटेर राखेको उसिनेको आलु हालेर फ्राइ गर्ने । सँगै सबै मसलाहरु हालेर आलुमा गोल्डेन ब्राउन कलर आएपछि त्यहाँबाट निकाल्ने ।
पुनः अर्को प्यानमा फेरि घ्यू हालेर मसिनो पारेर काटेको लसुन राख्ने । त्यसपछि सुकेको खुर्सानीको धुलो ‘चिल्ली फ्लेक्स, जिम्बु, धनियाँ, नुनलगायत सबै हालेर गोल्डेन ब्राउन भएर निकालेको आलु त्यसमा राख्ने । अनि एकै छिन चलाएपछि हिमाली आलु तयार हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी ‘राष्ट्रिय’ पुरस्कारबाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै, स्थानीयवासीमा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण